हचुवाको भरमा वाणगंगा नगरपालिका पुर्ण खोप घोषणा
कपिलवस्तु-कपिलवस्तुको वाणगंगा नगरपालिकाले कोभिड १९ बिरुद्धको खोपको पुर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरेको छ ।नगरपालिकाले १२ बर्ष भन्दा माथिका उमेर समुहका व्यक्तिहरुलाई खोप ९५ प्रतिशत लगाएको भन्दै हचुवाको भरमा निकालेको डाटाको आधारमा पुर्ण खोप घोषणा गर्नु लाज मर्दो बिषय रहेको एक सर्वसाधारणले वताएका छन् ।
कोरोना बिरुघको खोप नगरपालिकामा नेता, उनको चाकडी गर्ने कार्यकर्ता बाहेक सामान्य सर्व साधारणले खोप लगाउन नपाएको वाणगंगा नगरपालिका सवै वडामा ३० देखि ४० प्रतिशत सर्वसाधारण खोपबाट वन्चीत छन् कसैले सुचना नै पाएन्न भने कसैले लगाउन चाहेर पनि नपाएको गुनासो गरेका छन ।
कोरोना महामारीको दोस्रो लहरका समयमा कोरोना बिरुद्धको खोप लगाउन सर्वसाधारणलाई नत कुनै सुचना गरियो नत केही सोही समयका वेला स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलको चरम लापरवाही कारण खोप लगाएकालाई खोप कार्ड नदिने खोप हुदा हुदै पनि खोप सकियो भनेर भ्रम सिर्जना गर्ने गरेको र स्वास्थ्य शाखा प्रमुखले नै नेताहरुको चाकडी गर्ने भनसुन गर्नेलाई प्राथमिकता दिएका कारण अधिकांश व्यक्ति खोपबाट बन्चीत भएका प्रमाणहरु रहेका छन् ।
पहुच हुनेलाई मात्र खोपको मात्रा लगाईयो भने अहिलेको पुर्ण ओप घोषणा गर्नका लागि १०२ प्रतिशतको डाटा पेश गरि पुर्ण खोप घोषणा गरिएको छ । भने नगरपालिका भन्दा बाहिरका,जिल्ला भन्दा वाहिर अर्घाखाँची,रुपन्देहीका व्यक्तिहरुलाई लगाएको खोपको प्रतिशत उल्लेख पुर्ण खोप घोषणा गर्नु नगरपालिका र नगरपालिकाको स्वास्थ्य शाखा संग जोडिएको बिषयमा गम्भीर प्रश्नको विषय बनेको छ ।
यता वाणगंगा नगरपालकाका स्वास्थ्य शाखा प्रमुख पौडेलले वाणगंंगा नगरपालिका पुर्ण खोप घोषणा हुनु एउटा गर्वको बिषय भएको वताउदै केही गल्ती कम्जोरी भएको भए आफुले सच्चाउने बताउदै सो डाटा नगरपालिका भित्रको मात्र नभएको भएर वाहिरी जिल्ला, अन्य पालिकाका व्यक्तिहरुलाई लगाएको खोपको डाटा रहेको स्वीकार गरेका छन् ।
कार्यक्रममा वाणगंगा नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत टेकराज पन्थीको अध्यक्षता प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रको प्रमुख आतिथ्यता,जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक दान बहादुर कार्की ,जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखको बिशिष्ट आतिथ्यता ,इलाका प्रहरी कार्यालयका प्रमख दिपक वावु के.सी. वाणगंगा नगरपालिकाका बिभिन्न शाखाका प्रमुखहरुको उपस्थीती रहेको कार्यक्रम रहेको कार्यक्रमको स्वागत मन्तव्य स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले गर्नु भएको थियो ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam