कांग्रेसलाई उम्मेदवार टुङ्गो लगाउन सकस, तालमेलको निर्णय भएको ठाउँमा विवाद कायमै
काठमाण्डाै – नेपाली कांग्रेसलाई महानगरपालिकाको उम्मेदवार टुङ्गो लगाउन सकस भएको छ ।
एकातिर गठबन्धनको निर्णयअनुसार आफ्नो भागमा परेको मेयर र उपमेयर टुङ्गो लगाउन समस्या छ भने अर्कोतिर अरु दलको भागमा परेको ठाउँमा स्थानीय कार्यकर्ताको विरोध कायमै छ ।
काठमाण्डौको मेयरका उम्मेदवार सिर्जना सिंहको नाममा सहमति भए पनि ललितपुर र विराटनगरको मेयरमा निर्णय हुन बाँकी छ ।
विराटनगर महानगरपालिकाको मेयर उम्मेदवारमा कुरा नमिलेपछि शनिवार राति अबेरसम्म बसेको कांग्रेस शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन भएको छ । विराटनगर महानगरपालिकाको मेयरमा भीम पराजुलीलाई नै दोहोर्याउने कि शेखर कोइरालाले प्रस्ताव गरेका नागेष कोइरालालाई टिकट दिने भन्नेमा विवाद छ ।
यसैगरी भरतपुर महानगरपालिकाको उपमेयर चित्रसेन अधिकारीलाई दिने कि सूर्यकान्त घिमिरेलाई भन्नेमा विवाद छ ।
पोखराको उपमेयरमा पनि कोपिला रानाभाट र सुरेन्द्र बिजुक्छेको कसलाई दिने भन्नेमा सहमति जुटेको छैन । ललितपुरमा पनि चिरिबाबु महर्जनलाई नै दोहोर्याउने कि नयाँ उम्मेदवार बनाउने भन्नेमा टुङ्गो लाग्न बाँकी छ ।
गठबन्धनको निर्णयअनुसार भरतपुर, पोखरा र वीरगञ्ज महानगरपालिकाकाे उपमेयर कांग्रेसको भागमा परेको छ । तर त्यहाँ मेयर अर्को पार्टीलाई दिएको भन्दै कांग्रेसका स्थानीय नेता कार्यकर्ताको असन्तुष्टि उस्तै छ ।
गठबन्धनबाट कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिका मेयर तथा जितपुर सिमरा, हेटौँडा र घोराही उपमहानगरपालिकामा उपमेयर पाएको छ ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam