बाल विवाहविरुद्ध धर्मगुरुहरुले गरे सामुहिक प्रतिबद्धता
कृष्णनगर । कृष्णनगर नगरपालिका अन्तर्गत धार्मिक संस्कारहरूमा प्रत्यक्ष तथा अप्रत्यक्ष भुमिका रहने धार्मिक गुरूहरूको बालविवाह विरुद्धको अभियानमा सामुहिक प्रतिबद्धता जनाएका छन् । युनिसेफ नेपालको सहयोग तथा कृष्णनगर नगरपालिका को आयोजना कृष्णनगर नगरपालिकामा संचालित बालविवाह निवारणमा धर्मगुरु हरूको भुमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा बालवालिका को उमेर समुह, बाल अधिकार , बालविवाह र यसका असर तथा कानुनी सजाय लगायतका विषयमा रहेर छलफल गरिएको थियो । सहभागीहरू बाट बालविवाह निवारणमा उनिहरूको भूमिका का बारेमा सुझाव संकलन गरि बालविवाह गर्ने गराउने कार्यमा संलग्न नहुने र कहि कतै भए गरेको थाहा पाएमा पालिका, प्रहरी तथा सम्बंधित निकायमा जानकारी गराउने सामुहिक प्रतिबद्धता जनाएको हो ।
कार्यक्रममा कृष्णनगर नगरपालिका भित्रका मौलवी, मौलाना, ज्योतिष तथा पंडित तथा कृष्णनगर नगरपालिका महिला तथा बालवालिका शाखा प्रमुख थुमा उपाध्याय तथा सिद्धार्थ सामाजिक विकास केन्द्रका आर. टी. खान ले सहजीकरण गर्नु भयो।
कार्यक्रममा मौलाना मशहूद खां नेपाली, प्रेम कुमार शर्मा लगायत २० जनाको सहभागिता रहेको थियो l साथै कृष्णनगर नगरपालिका स्तरीय बालविवाह निवारण समिति समेत गठन गरिएको छ l बीरेंद्र कुमार शुक्ल को संयोजकत्वमा ७ सदस्यि समिति गठन गरिएको छ जस्मा जहिर अहमद बरेलवी, अनुराधा गिरी, उमेश तिवारी, प्रदिप तिवारी, शैख जैस मक्की, अजय मिश्र लगायत रहेका थिए l
कार्यक्रममा बोल्दै मौलाना मशहूद खां नेपालीले बाल विवाह गर्नले आमा र बच्चा दुबैको ज्यानको खतरा, साथै शिक्षा पूर्णता न पाउने, उमेर परिपक्क न हुने हुदां बालविवाह कहि कतैबाट नहुनु पर्ने कुरामा जोड दिए l
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam