उम्मेदवारी फिर्ता लिने समय अपराह्न ५ बजेसम्म, अन्तिम नामावली आजै प्रकाशन हुने
काठमाडौं : स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारले शुक्रवार उम्मेदवारी फिर्ता लिन सक्ने कार्यतालिका रहेको छ।
निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन चाहनेलाई अपराह्न ५ बजेसम्मको समय दिएको छ। उम्मेदवारी फिर्ताको समय सकिएलगत्तै आयोगले उमेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।
निर्वाचनका लागि यही वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो। दुई दिनमा देशभरबाट एक लाख ५३ हजार भन्दा बढीको उमेदवारी दर्ता भएको थियो ।
उम्मेदवारीमाथि परेका दाबी विरोध तथा उजुरीमाथि जाँचबुझ गरेको आयोगले बिहीबार साँझ प्रारम्भिक नामावली प्रकाशन गरेको थियो। शुक्रवार अपराह्नसम्म उम्मेदवारले नाम फिर्ता लिइसकेपछि अन्तिम नामावली प्रकाशन हुनेछ।
निर्वाचन कार्यतालिका अनुसार आयोगले वैशाख १७ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्नेछ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam