भरतपुरमा आज सत्तारुढकाे सभा, शेखर कोइराला नजाने
काठमाडौं : सत्तारुढ पाँचदलीय गठबन्धनले बिहीबार भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्दैछ। सभामा सम्बोधन गर्न गठबन्धन दलका अधिकांश शीर्ष नेता बुधबार नै चितवन पुगिसकेका छन्।
भरतपुरको हाकिमचोकस्थित केन्द्रीय बस टर्मिनलमा हुने सभामा प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्नेछन्।
यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायत नेताले पनि सम्बोधन गर्ने छन्। कांग्रेसका नेता शेखर कोइराला भने सभामा नजाने भएका छन्। सभामा जसपा र राष्ट्रिय जनमोर्चाका नेताले पनि सम्बोधन गर्नेछन्।
भरतपुर महानगरको प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहाल सत्ता गठबन्धनको साझा उम्मेदवार उम्मेदवार छिन्। उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् । एमालेले विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ।
महानगरप्रमुखको दाैडमा रहेका कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेल सत्तारुढ पाँचदलीय गठबन्धनकी उम्मेदवार दाहालका लागि चुनाैती बनेका छन्।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam