मतदानकाे दिन आउँदो शुक्रवार पनि पानी पर्ने सम्भावना
काठमाण्डाै – आउँदो शुक्रवार हुने पालिका चुनावका दिन पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मतदान हुने दिन शुक्रवार देशका मध्य र पूर्वी क्षेत्रमा पानी पर्ने अनुमान रहेको मौसमविद् विष्णु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार बङ्गालको खाडीमा चक्रवात विकसित हुने क्रममा रहेकाले चुनावका दिन त्यसको केही प्रभावले पानी पर्ने अनुमान गरिएको हो ।
यसैबीच, आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश-१ का केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद् घिमिरेले बताउनुभयो।
यस्तै अन्य प्रदेशका एक/दुई ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना छ । नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेशदेखि तमिलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव परेको छ । यसका कारण दिनहुँजसो पानी परिरहेको छ ।
यस्तै, यसपालि मनसुनमा पनि सरदरभन्दा बढी पानी पर्ने अनुमान छ ।
जल तथा मौसम विज्ञान विभागको अनुमानअनुसार आउँदो जेठ १८ गतेदेखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन सिजनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam