जनताको समर्थन साथ चुनावी माहोलमा होमीए वडाध्यक्ष उम्मेदवार राहुल पाण्डेय

कृष्णनगर- कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ मा स्थानीय चुनावको चुनावी शरगर्मी निकै बढेको देखिन्छl सबै पार्टीका तथा स्वतंत्र उम्मेदवार हरू चुनावमा आ आफ्नो एजेण्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छनl

कृष्णनगर नगरपालिका वडा नं १ जनता समाजवादी पार्टी नेपाल बाट वडाध्यक्ष पदका उमेदवार राहुल पाण्डेय जनताको समर्थनका साथ चुनावी माहोलमा होमीएका छन् उनलाई विजयी बनाउन वडाका जनता साथ र समर्थन दिदै आएका छन्l जनता समाजवादी पार्टी निकट नेता वडाध्यक्ष पदका उमेदवार राहुल पाण्डेय लाई वडाध्यक्ष बनाउन जनताको साथ र समर्थन रहदै आएको उनी निकट नेताहरु बताउदै आएका छन् l

पाण्डेय यो पालि वडाध्यक्ष पदमा आफूलाई जनताले जिताउने भन्दै उमेदवारी दर्ता गराएका थिए। वडाध्यक्ष पदका उम्मेदवार पाण्डेय घर दैलो कार्यक्रमलाई तिब्रता दिएका बेला जनताहरू उत्साहित देखिएका छन् l पाण्डेय लाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ ।

वडाध्यक्ष पदका उम्मेदवार पाण्डेय आफूलाई जनताले विजयी बनाए वडाको पूर्ण विकास गर्न आफू प्रतिबद्ध रहने बताए l पाण्डेय वडावासि माझ लोकप्रिय बन्दै गएका छन् l

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP