राँगाले हान्दा बाबुको मृत्यु, छोरी घाइते
लमजुङ : आफैँले पालेको राँगोले हान्दा सुन्दरबजार नगरपालिका–४ का ४४ वर्षीय खुमबहादुर मौरतीको मृत्यु भएको छ।राँगोले हान्दा गम्भीर घाइते उनलाई आइतबार बेँसीशहरस्थित जिल्ला अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज भरतपुर लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार राँगोले शनिबार खुमबहादुरकी छोरी १९ वर्षीया रविनालाई समेत घाइते बनाएको थियो।जिल्ला अस्पतालमा उनको थउपचार भइरहेको छ।
थप घटना हुन नदिनका लागि प्रहरीले राँगोलाई गोली हानेर मारेको छ। राँगोले केही दिनअघिबाट असामान्य व्यवहार देखाउन थाले पनि वास्ता नगर्दा मानवीय क्षति भएको छिमेकीकले बताए।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam