दैलेखमा एमालेका मेयर उम्मेदवारको गाडीमा आगजनी
सुर्खेत : दैलेखको आठबीस नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ।
बडुवालले बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडी सोमबार बिहान साढे ३ बजेतिर अज्ञात समूहले आगजनी गरेको जानकारी दिए।
गाडी आठबीस नगरपालिका– ४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा पार्किङ गरेर राखिएको थियो। आगजनीका वेला चालक गाडीभित्रै सुतिरहेको थिए।
टायरमा आगो लागेको थाहा पाएपछि उनले तत्काल गाडी चलाएर नजिकै रहेको खोलामा पुर्याएका थिए। तत्काल आगो निभाएकाले क्षति भने नभएको बडुवालले बताए।
घटनाबारे जिल्ला प्रहरी कार्यालय दैलेखले अनुसन्धान गरिरहेको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam