मौन अवधिको अवज्ञा गर्दै प्रचारमा ‘प्रचण्ड’ की बुहारी बिना
धनगढी : नेकपा माओवादी केन्द्रकी संघीय सांसद बीना मगर मौन अवधिको अवज्ञा गर्दै गृहजिल्लामा मत मागिरहेको भेटिएको छ। निर्वाचन आयोगले गएराति १२ बजेदेखि तोकेको मौन समयको उल्लंघन गर्दै उनी कञ्चनपुरका मतदातालाई भेटेर माओवादीका लागि भोट मागिरहेकी छन्।
आयोगका अनुसार यो अवधिमा सामाजिक सञ्जालदेखि मतदातासमक्ष पुगेर चुनाव प्रचार गर्न पाइँदैन। तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारीसमेत रहेकी बीना बुधबार दिउँसो लालझाडी गाउँपालिकामा चुनाव प्रचारमा पुगेकी छन्।
बा १७ च ७९४२ नम्बरको निजी गाडी लिएर उनी माओवादी पार्टीको चुनाव चिह्न अंकित झण्डासहित गाउँमा घुम्दै भोट मागिरहेकी छन्। मगर गृहनगर पुनर्वासबाट चुनावी प्रचारका लागि दिउँसो छिमेकी गाउँपालिका लालझाडी पुगेको स्थानीयले बताएका छन्।
यस विषयमा मगरसँग बुझ्दा बीनाले आफू प्रचारमा नगएको बताइन्। उनले वडाध्यक्षका उम्मेदवारको घरमा खाना खान गएको बताउँदै व्यक्तिगत भेटघाट मात्र गरिएको बताइन्। विरोधीहरूले दुष्प्रचार गरेको उनको भनाइ छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam