पश्चिमका केही ठाउँमा ठूलो पानी पर्दै, मतदान केन्द्र हिलाम्मे
काठमाण्डाै – अहिले पश्चिमका केही ठाउँमा ठूलो पानी परिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बर्दिया, नेपालगञ्ज, नवलपरासी, दाङ, सल्यान, सुर्खेत, धनगढी लगायतका ठाउँमा ठूलाे पानी परिरहेको हो ।
पानी परेका ठाउँका मतदान केन्द्र र स्थल हिलाम्मे बनेका छन् । चुनावका लागि आवश्यक सामग्री जोगाउन पनि समस्या भइरहेको छ । पानी पर्ने पूर्वानुमानका आधारमा निर्वाचन आयोगले मतदान केन्दमा पालको व्यवस्था गर्न निर्देशन दिएको छ ।
अहिले ठूलै पानी परिरहेको भए पनि अबको एक दुई घण्टापछि यी ठाउँमा पानी पर्न रोकिने महाशाखाकाे भनाइ छ । तर राति प्रदेश १, बाग्मती, लुम्बिनी र गण्डकीको केही ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको छ । भोलि शुक्रवार दिउँसोसम्म घाम लागे पनि बेलुकापछि पानी पर्नेछ । विशेष गरेर लुम्बिनी प्रदेशका केही ठाउँमा भोलि ठूलो पानी पर्ने सम्भावना छ ।
यसैबीच भारतमा उत्पन्न असानी आँधीको प्रभाव नेपालमा पर्ने सम्भावना लगभग टरेको माैसमविद् वरुण पाैडेलले बताउनुभयाे । असानी अहिले भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्र आसपास नै रहेकोले यसको आशिंक प्रभाव मात्रै पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam