भरतपुरमा रेनुलाई पछ्याउँदै विजय

काठमाडौं : भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालको अग्रता कायमै छ। ६ हजार १ सय ७७ मतगणना हुँदा रेनुले २ हजार २ सय १२ मत ल्याएकी छन्। भने, एमालेका विजय सुवेदीले २ हजार १ सय ८९ मत ल्याएर रेनुलाई पछ्याइरहेका छन्। 

गठबन्धन विरुद्धका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७३२ मत ल्याएका छन्। 

उपमेयरमा गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारी  २ हजार ४ सय ३६ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले १ हजार ७ सय ६५ मत ल्याएकी छन्। 

TOP