सप्तरीमा माओवादी केन्द्रको पहिलो जित
सप्तरी : नेकपा माओवादी केन्द्रले जिल्लामा पहिलो नगरमा जित हासिल गरेको छ। खडक नगरपालिकाको प्रमुखमा जयप्रकाश चौधरी निर्वाचित भएका हुन्।
नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरेका चौधरी पाँच हजार ८८२ मत ल्याई नगरप्रमुख निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख जसपाका हेमायु हकले पाँच हजार ६७ मत पाए।
जसपाकी रीताकुमारी चौधरी ६ हजार २३१ मत ल्याएर उपप्रमुखमा निर्वाचित भएकी छिन्। उनकी निकटतम प्रतिद्वन्द्वी कांंग्रेसकी यसमिन सुल्तान खातुनले तीन हजार २१० मत पाइन्। गठबन्धनबाट एकीकृत समाजवादीका शत्रुघ्नप्रसाद साह दुई हजार ९४३ मत ल्याएर तेस्रो भए।
११ वडा रहेको खडक नगरपालिकामा जसपाले वडा नम्बर २, ६, ९ र ११, कांग्रेसले वडा ३, ८ र १०,एकीकृत समाजजवादीले वडा ४ र ५ तथा लोसपा र माओवादीले क्रमशः वडा नम्बर १ र ६ को वडाध्यक्षमा जित हासिल गरेका छन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam