सरकारी छाप कीर्ते गर्ने एकजना पक्राउ
काठमाडौं : सरकारी छाप तथा कर्मचारीको दस्तखत कीर्ते गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तनहुँको म्याग्दे गाउँपालिका-७ घर भई व्यास नगरपालिका-२ कालिकाका मार्गस्थित ग्यालेक्सी कम्प्युटर एण्ड आइटी सेन्टरका सञ्चालक २७ वर्षीय रुद्र गदाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।
गदाललाई बिहीबार दिउँसो उनकै पसलबाट प्रहरीले नियन्त्रणमा लिएको हो। उनको पसलबाट कीर्ते बनाउन प्रयोग भएको कम्प्युटरसमेत प्रहरीले बरामद गरेको छ।
वैदेशिक रोजगार न्यायाधीकरणको छाप तथा कर्मचारीको दस्तखत कीर्ते गरी कम्प्युटर माध्यमबाट सक्कली सरह बनाइ प्रयोगमा ल्याउने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
उनीमाथि सरकारी छाप दस्तखत कीर्ते मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam