आत्मनिर्भर बन्न सिलाई कटाई तालिम
माधव बेल्वासे चन्द्रौटा ।
वाल अपागं टेवा संस्थाले कपिलवस्तुको शिवराज नगरपालिकाका किशोरीहरूलाई सिलाई कटाई तालिम प्रदान गरेको छ । महिला तथा किशोरीहरूलाई आत्मनिर्भर बनाउन प्रत्येक वर्ष संस्था तालिम सञ्चालन गरेको अध्यक्ष डेन्डी शेर्पाले बताउनुभयो ।
आइतबार तालिमको समापन गर्दै अध्यक्ष शेर्पाले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । संस्थाले अपागंता भएका व्यक्तिहरूका लागि विभिन्न कामहरू गरिरहेको बताउँदै शिवराज नगरमा रहेका अपाङ्गता व्यक्तिहरूलाई सहयोग गर्ने बताउनुभयो ।
सहभागीहरूलाई प्रमाण पत्र वितरण गर्दै शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले सक्षम व्यक्ति बन्नको लागि सीप अनिवार्य रहेको भन्दै सिकेको सिपलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो ।
वाल अपागं टेवा संस्थाले प्रत्येक वर्ष फरक फरक व्यक्तिलाई तालिम प्रदान गरिरहेकोले आत्मनिर्भर बन्न सहज भएको बताउनुभयो । संस्थाले शिवराज नगरपालिकामा गरेका कामलाई उच्च मुल्याकन गरिएकोले आगामी दिनमा पनि नगरमा काम गर्न आग्रह गर्नुभयो ।
निर्वाचित भएपश्चात् पहिलो कार्यक्रममा सहभागी भएको बताउँदै आगामी पाँच वर्षमा किशोर किशोरी महिला लगायत सबै क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा बोल्दै सामाजसेवि विष्णु अधिकारीले वाल अपागं टेवा संस्थाले प्रदान गरेको तालिम पश्चात् धेरैले व्यवसाय सुरु गरेको बताउनुभयो ।
२०७७।७८ सालामा २५ जना र २०७८।७९ मा १७ जनालाई सिलाई कटाई तालिम प्रदान गरिएको प्रशिक्षक चन्दा थापाले बताउनुभयो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam