दुई मोटरसाइकल ठोकिँदा एकको ज्यान गयो, दुई बालबालिकाको अवस्था नाजुक
कपिलवस्तु ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका – १० सौनहवामा दुई मोटरसाइकल एक आपसमा ठोकिँदा १ जनाको ज्यान गएको छ । कृष्णनगरदेखि गणेशपुर जाँदै गरेको लु ७५ प ४१० नम्बर स्पलेण्डर र विपरीत दिशाबाट आउँदै गरेको लु ८ प १५०२ सुपर एक आपसमा ठोकिँदा राजेश चौरसियाको ज्यान गएको हो ।
मृतक चौरसिया सवार मोटरसाइकलमा दुई जना बालबालिकाको अवस्था नाजुक भएका कारण उनीहरूलाई थप उपचारको लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
मृतक राजेश चौरसियाको शव पोस्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्जमा पठाइएको छ । अर्काे मोटरसाइल चालक राम दयाल पाललाई प्रहरीले हिरासतमा लिएको जनाइएको छ ।
घटनाबारे थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय बहादुञ्ंजका वरिष्ठ प्रहरी नायब निरीक्षक दिपेन्द्र गिरीले जानकारी दिनुभयो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam