काठमाडौंको २२ हजार मत गन्न बाँकी हुँदा बालेन २० हजार मतान्तरले अगाडि
काठमाडौं : काठमाडौं महानगरपालिकामा १ लाख ६८ हजार ४८७ मतगणना सकिएको छ। अब २२ हजार ५ सय ६४ मतगणना अझै बाँकी छ। निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले आज बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार १ लाख ९१ हजार १ सय २५ मध्ये १ लाख ६८ हजार ४ सय ८७ मतगणना भएको छ।
पछिल्लो परिणाम अनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५४ हजार ७ सय १८ मत पाएका छन्। उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३४ हजार ६ सय ८ मत पाएकी छन्। उनी बालेन भन्दा २० हजार १ सय १० मतान्तरले पछाडि रहेकी छन्।
तेस्रो स्थानका केशव स्थापितले ३३ हजार ९ सय ७५ मत पाएका छन्। यस्तै अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ९ हजार ९६३ मत ल्याएका छन्।
आयोगका अनुसार अहिले वडा नम्बर १३ कालिमाटी, १४ कालिमाटी, १५ डल्लु, १६ सोह्रखुट्टे र १७ क्षेत्रपाटीको मत गणना भइरहेको छ भने अन्य सबै वडाको गणना सकिएको छ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam