लखनऊलाई हराउँदै बैंगलोर क्वालिफायरमा प्रवेश

काठमाडौं : रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ। गएराति भएको एलिमिनेटरमा नवप्रवेशी टोली लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै बैंगलोरले क्वालिफायरमा स्थान बनाएको हो। बैंगलोरले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो।

लखनउका कप्तान केएल राहुलले ७९ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्।  यस्तै दिपक होडाले ४५ रन जोड्दा मनन भोराले १९ रन जोडे।​ बैंगलोरका जोश हाजलउडले ३ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २ सय ७ रन जोडेको थियो। ​ बैंगलोरका लागि रजत पटीदरले अविजित रहदै १ सय १२ रनको शतकीय इनिङ खेले। दिनेश कार्तिकले अविजित ३७ रन जोड्दा विराट कोहलीले २५ रन बनाए।

अब बैंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ। लखनउ भने बाहिरिएको छ।

TOP