वन क्षेत्रको अधिकतम उपयोग गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना
काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि वन क्षेत्रको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिएका छन्।
विगतमा हामीले वनलाई धनको रुपमा परिणत गर्न सक्यौ वा सकेनौं भन्ने कुराको समीक्षा गर्दै मुलुकको आर्थिक विकासका लागि त्यसको अधिकतम उपयोग गर्न ढिलाई गर्न नहुने समेत स्पष्ट पारे।
सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले बुधबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ‘हरियो वन, नेपाल धन’ भन्ने नारा यथार्थपरक भए पनि यसको प्रयोग गरेर मुलुकलाई समृद्ध बनाउन नसकिएकोमा चिन्ता व्यक्त गरे।
अध्यक्ष तिमिल्सिनाले संघीय लोकतान्त्रिक गणतन्त्रको सफल प्रयोगस्वरूप दोस्रोपटक स्थानीय तह निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै अब त्यसलाई बचाउँदै देश र जनताको हितका लागि आर्थिक विकास र समृद्धिको दिशामा अघि बढन अति आवश्यक रहेको बताए।
उनले भने, ‘विगतमा हामीले हरियो वन, नेपालको धन भन्ने गरेका थियौं। आज त्यो हराएर लोप भइराखेको छ। जंगल त बढ्या छ। तर त्यो धनमा परिणत हुन सक्यो वा सकेन? मार्गचित्रमा ती विषयहरु समेटिएका होलान्। हामीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी नयाँ संविधान ल्याउन सफल भयौं।’
अध्यक्ष तिमिल्सिनाले नेपालमा वन, जंगल बढे पनि डढेलो र कटान गरेर विनास हुने गरेको भन्दै चिन्तासमेत व्यक्त गरे।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam