सांसदहरुले यौन हिंसाविरुद्धको विधेयक नपाएपछि संसद बैठक स्थगित
काठमाडौं : सांसदहरुले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयकको प्रति नपाएको भनेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोबिन्द बन्दीले विधेयक पेश गरेपछि सभामुख अग्नि सापकोटाले सैद्धान्तिक छलफल अघि बढाएका थिए। पुष्पा भुसाल, वृन्दा पाण्डे, आशाकुमारी विक, डिला संग्रौला र विमला विकले विधेयकको छलफलमा आफ्नो धारणा पनि राखे।
तर एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले आफूहरुले विधेयक नै नपाएको भन्दै कुन आधारमा छलफलमा भाग लिने भन्दै प्रश्न गरिन्। त्यसपछि सभामुख सापकोटाले सचिवालयबाट प्राप्त जानकारी भन्दै, जेठ १७ गते नै वितरण गरिएको र पिजन हलमा गएर लिन आग्रह गरे।
त्यसपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले नै आफूहरुले विधेयक हेर्न नपाएको बताए।
‘यो विधेयक पेश भइसकेपछि कतिपय प्रावधानबारे केही हेरौं भनेर म आफैंपिजन हलमा गएँ, भर्खरै कर्मचारीलाई सोधेँ उहाँहरुले यो आएकै छैन, हामीले बाँडेका छैनौं भन्नुभयो, म छक्क परेँ’, उनले भने, ‘कसैले पाएको कसैले नपाएको हुन सक्छ, तर हामी अहिले हात उठाएका कसैले पनि पाएका छैनौं। कानुन मन्त्रीलाई पनि मैले सोधेँ उहाँले मेरो त पुरानै कपी छ नयाँ छैन भन्नुभयो, त्यसैले हाम्रो हातमा विधेयक नपरेको कुरा साँचो हो।’
त्यसपछि सभामुख सापकोटाले कार्यसूचीमा चढेका सबै विषय हटाउँदै बैठक जेठ २३ गते सोमबार विहान ११ बजेसम्मका लागि स्थगित गरेका छन्।
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
भदौ १५, २०८३
विजयनगर, १५ भदौ । कपिलवस्तुकाे विजयनगर गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र वडा नम्बर ५ का अध्यक्ष अनवर मोहम्मद मुसलमानले…



ghanashyam