ट्रककाे ठक्करबाट अटाे चालककाे ज्यान गयो
धादिङ – धादिङको थाक्रे गाउँपालिका १ सिम्लेमा ट्रकले अटोलाई ठक्कर दिँदा आज शनिवार अटो चालकको ज्यान गएकाे छ ।काठमाण्डाैबाट गजुरी आउँदै गरेको ना ६ ख १२७२ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ ह १८१७ नम्बरको अटोलाई ठक्कर दिएकाे थियाे ।
ठक्कर दिँदा अटो चालक नीलकण्ठ नगरपालिका ५ खाल्टे घर भइ बेलकोटगढी बस्दै आएका ३५ वर्षीय कमल श्रेष्ठको घटनास्थलमै ज्यान गएकाे प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनापछि राजमार्ग बन्द भएको छ । पीडित पक्षले क्षतिपूर्ति र ट्रक चालकलाई कारबाहीको माग गर्दै सिम्लेमा पृथ्वी राजमार्ग अवरुद्ध गरिरहेका हुन् ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam