आर्थिक सङ्कट : ‘पाकिस्तान श्रीलङ्काले जस्तै गल्ती गर्दैछ’
एजेन्सी । पाकिस्तान पनि श्रीलङ्का झैँ आर्थिक सङ्कटको बाटोमा उन्मुख भएको समाचार सार्वजनिक भएको छ । पाकिस्तानले आफ्ना विगतका गल्ती र आन्तरिकरूपमा वर्तमान घटनालाई अस्वीकार गर्दै अघि बढेकाले चरम आर्थिक सङ्कट झेल्नुपर्ने परिस्थिति उत्पन्न हुने चेतावनी ‘ट्रु सिलोन’ ले दिएको हो ।
अति महत्त्वाकाङ्क्षी राजनीतिक नेतृत्व, अत्यधिक बाह्य ऋण तथा आर्थिक कुप्रबन्धका कारण विगत दुई महिनादेखि गम्भीर सामाजिक, आर्थिक एवम् राजनीतिक सङ्कटको भुमरीमा परेको श्रीलङ्काबाट सिक्ने चेष्टा नगरेको पाकिस्तान उल्टै उसैको पदचाप पछ्याइरहेको टिप्पणी ‘ट्रु सिलोन’ ले गरेको छ ।
‘विदेशी मुद्रा सञ्चिति, खाद्यान्न, इन्धन र औषधिको अभावले पाकिस्तानले पनि चाँडै नै श्रीलङ्काले झैँ सङ्कटको सामना गर्नुपर्याे भने अचम्म नमान्दा हुन्छ’, पाकिस्तानको राजनीतिक नेतृत्व सत्ताका केन्द्रित भएको आरोप लगाउँदै ‘ट्रु सिलोन’ ले भनेको छ । आर्थिक नीतिप्रति राजनीतिक दलहरू गम्भीर नभएकाले परिस्थिति थप जटिल बन्दै गएको छ ।
पाकिस्तानको चालु खाता घाटा तीव्र गतिमा बढेको तथा विदेशी मुद्रा सञ्चिति पनि उस्तै गतिमा घटिरहेको, खाद्यान्न र इन्धनको आयातमा भारी वृद्धि भएको तथ्याङ्क ‘ट्रु सिलोन’ ले समाचारमा प्रस्तुत गरेको छ ।
आर्थिक वर्ष २०२०/२१ (जुलाई–अप्रिल) मा ४४.७ अर्ब अमेरिकी डलरको आयात भएकाेमा आर्थिक वर्ष २०२१/२२ (जुलाई–अप्रिल) मा झन्डै ५८ प्रतिशतले बढेर ६५.५ अर्ब अमेरिकी डलर पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ८.७ अर्ब अमेरिकी डलरमा सीमित रहेको पेट्रोलियम पदार्थको आयात ९५ प्रतिशतले बढेर १७ अर्ब अमेरिकी डलर पुगेको जनाइएको छ । व्यापार घाटा पनि २४ अर्ब डलरबाट बढेर ३९ अर्ब डलर पुगेको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam