नापी कार्यालय चावहिलका सर्भेक्षक र अमिनविरुद्ध भ्रष्टाचार मुद्धा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चावहिल १ नम्बर टोली बुढानिलकण्ठमा कार्यरत सर्भेक्षक विनोद केसी र प्रकाशराज भट्ट विरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ।
उनीहरु विरुद्ध अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार आरोपपत्र दायर गरेको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए।
उनका अनुसार दुवैजनामाथि १ लाख रुपैँया बिगो कायम गरी जरिवाना तथा कैद सजायकाे माग दाबी लिएको छ।
अख्तियारको टोलीले गत चैत २२ गते उनीहरुलाई जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग १ लाख रुपैँया घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानको क्रममा घुस लिएको पुष्टि भएपछि सोमबार उनीहरुविरुद्ध आरोपपत्र दायर गरिएको हो।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam