आज विश्व खाद्य स्वच्छता दिवस : खाद्य सुरक्षाको अधिकार कागजमै सीमित
काठमाण्डाै – आज विश्व खाद्य स्वच्छता दिवस । स्वच्छ सन्तुलित आहार स्वस्थ जीवनको आधार भन्ने नाराका साथ मनाइँदै छ । सन् २०१८ डिसेम्बर २० तारिखका दिन संयुक्त राष्ट्र सङ्घको महासभाले जुन ७ तारिखलाई विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेअनुसार हरेक वर्षको जुन ७ तारिखमा दिवस मनाउने गरिएको छ ।
स्वच्छ र गुणस्तरीय खाद्यवस्तुको उपभोग गर्न पाउने हरेक नागरिकको नैसर्गिक अधिकार हो भने त्यसको समुचित व्यवस्था गर्नु राज्यको दायित्व हो । संविधानमा हरेक नागरिकले पर्याप्त, पोषणयुक्त, गुणस्तरीय र स्वच्छ खाद्य पदार्थको उपभोग गर्न पाउने मौलिक अधिकारको व्यवस्था गरिएको छ । तर, त्यो व्यवस्था कार्यान्वयनको पक्ष भने फितलो छ ।
बजारमा पाइने प्राय: सबैजसो खाद्य वस्तुमा अखाद्य वस्तुको मिसावट भएको पाइन्छ भने स्वास्थ्यलाई हानी गर्ने रसायन तथा रङको समेत प्रयोग गर्ने गरेको पाइन्छ । तर, यसलाई रोकथाम र नियन्त्रण गर्न सरकारले खासै चासो दिएको छैन ।
हरेक दिनजसो बजार अनुगमन भइरहेको भनिए पनि उपभोक्ताले त्यो महसुस नै गर्न पाएका छैनन् । अखाद्य वस्तुको मिसावटसँगै महँगीको मारमा उपभोक्ता छन् । स्वस्थ जीवनका लागि स्वच्छ र सन्तुलित खाना एउटा महत्त्वपूर्ण पक्ष भनिए पनि कार्यान्वयन नहुँदा अस्वस्थ खानपानकै कारण जटिल प्रकारका रोग समेत लाग्ने गरेको छ।
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार विश्वमा हरेक वर्ष दस जनामध्ये एक जना विषाक्त खाद्य पदार्थको उपभोगका कारण बिरामी पर्छन् ।
यसैबीच, दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिँदै नागरिकको गुणस्तरीय खाद्य वस्तु उपभोग गर्न पाउने अधिकार तथा स्वस्थ जीवनयापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ ।
खाद्य पदार्थको स्वच्छता कायम राख्न उत्पादनदेखि उपभोगसम्मका सम्पूर्ण चरणसँग सम्बद्ध सबैले इमानदार र प्रतिबद्ध भएर काम गर्न आवश्यक भएको उहाँको भनाइ छ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam