चट्याङ लागेर सप्तरीमा २ जनाको ज्यान गयाे
सप्तरी – सप्तरीमा चट्याङ लागेर आज बिहीवार दिउँसाे दुई जनाको ज्यान गको छ । ज्यान गुमाउनेमा बोदे बरसाइन नगरपालिका ३ मधुवनका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादव रहेका प्रहरीले जनाएकाे छ ।
घर नजिकै गाईगोरु चराउन गएका बेला चट्याङ लागेर उनीहरूको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएकाे छ । पानी परिरहेका बेला एउटै छातामा ओत लागेका दुवै जनाकाे चट्याङ परेर घटनास्थलमै ज्यान गएकाे हाे ।
ज्यान गुमाउनेहरूकाे शव अहिले पोस्टमार्टमका लागि राजविराजकाे गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा पठाइएकाे छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam