शिवराज नगर प्रमुख थापा द्धारा डुबान क्षेत्रको अनुगमन
कपिलवस्तु । कपिलवस्तुको शिबराज नगरपालिका नगर प्रमुख अजय थापाले नगर क्षेत्रमा बर्षाको समयमा डुबान हुने डुबान क्षेत्रको अनुगमन गर्नु भएको छ । बर्खाको समय सुरु हुने क्रम सगै नगरमा डुबान बाट प्रभावित हुने स्थानहरुको पहिचान गर्न अनुगमन गरिएको हो ।
नगर प्रमुख थापाले नगरको वडा न १, २, ५ र ६ का डुबान हुने क्षेत्रमा सोही वडाका वडा अध्यक्षहरु र प्राबिधिक टोलि सहित अनुगम गर्नु भएको हो । अनुगमनमा क्रममा डुबानको उच्च जोखिममा रहेका ठाउँहरुमा तत्काल नाली सफा गर्न , नाली नभएका स्थानमा नाली निर्माण गर्न र तत्काल काम काम शुरु गर्न प्राबिधिक टोलिलाइ निर्देशन समेत दिनु भयो ।
डुबान क्षेत्रका वडाका वडा अध्यक्षहरु वडा नं. १ का वडा अध्यक्ष विक्रम के.सी., वडा नं. २ का वडा अध्यक्ष राम बहादुर चौधरी, वडा नं. ५ का वडा अध्यक्ष नेत्र बेल्बासे, र वडा नं. ६ का अध्यक्ष मेहताब आलम खाले डुबान क्षेत्रका नालीहरु सफा गर्ने र नयाँ नाली बनाउनु पर्ने स्थानमा नयाँ नाली बनाउन आफुहरुले प्राविधी टोली संगको सहकार्यमा भोलिबाट नै काम सुरु गर्ने भएका छन ।
नगरको चन्द्रौटा पुरानो बजार, सहज टोल , बालापुर , सोनपुर लगायतका गाउँका नागरिकले बर्सेनि डुबानको समस्या झेल्दै आएका छन । यस बर्ष पनि बर्खाको मौसम सुरु हुनै लाग्दा डुबानबाट बचाउन अग्रीम तयारीका लागि स्थलगत अनुगमन गरिएको हो । डुबान समस्याको दीर्घकालीन समाधानको लागि नगरले आगामी नीति तथा कार्यक्रममा योजना बनाइ समाधान गरिने नगर प्रमुख थापाले बताउनु भयो ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam