लेबनानको अपिल, सिरियाली शरणार्थी चाँडो फिर्ता लैजाऊ

एजेन्सी । सिरियाली शरणार्थीको फिर्ताका लागि लेबनानले विश्व समुदायसँग पुनः अपिल गरेको छ। लेबनानी श्रममन्त्री मुस्तफा बायरामले देशभित्र रहेका सिरियाली शरणार्थीहरूलाई उनीहरूको मातृभूमिमा छिटो र सुरक्षित फिर्ता गर्न अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेका हुन्।

शरणार्थीको संख्याको बोझले लेबनानमा उच्च बेरोजगारी र अपराध दर बढेको बायरामको भनाइलाई उद्धृत गर्दै नेसनल न्यूज एजेन्सी (एनएनए)ले जनाएको छ।

अब सिरियाली शरणार्थीलाई शरण दिएर थप बोझ बोक्न नसक्ने लेबनानको बताएको छ। करिब १५ लाख सिरियाली शरणार्थी लेबनानमा रहेको सरकारको अनुमान छ।

TOP