प्रचण्ड-माधवलाई देउवाको आश्वासन : देशको हित विपरीतका सम्झौतामा हस्ताक्षर गर्दिनँ
काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनको शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौता गर्ने तयारी गरेपछि प्रचण्ड-माधव नेपाल देउवालाई भेट्न पुगेका थिए।
भेटमा प्रधानमन्त्री देउवाले देशको हित विपरितका कुनै सम्झौतामा हस्ताक्षर नगर्ने बताएको समाजवादीका अध्यक्ष माधव नेपालले बताए।
पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै उनले भने, ‘एसपिपीबारे छलफल गर्न हामी बिहान बालुवाटार पुगेका थियौँ। छलफलमा देउवाजीले देशको हितविपरीत कुनै सम्झौता नगर्ने बताउनुभएको छ।’
एसपिपी पहिलेदेखि चर्चामा रहेको विषय भए पनि सम्झौता हस्ताक्षर नहुने देउवाले आश्वासन दिएका थिए। सरकारले एसपिपी अगाडि बढाउन लागेको भन्दै सडकदेखि सदनसम्म चर्को आलोचना भइरहेको छ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam