कृष्णनगर नगरपालिका ८ मा १ सय १९ जनाले पाए राहत
शिवराज अनलाइन
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा न ८ मा १ सय १९ जना विपन्न परिवारले राहत पाएका छन् । कोरोना भाइरसका कारण सरकारले लगाएको लकडाउनका कारण विपन्न परिवारलाई दैनिक उपभोग्य सामाग्रीहरु अभाव भएको भन्दै नगरपालिकाले राहत प्रदान गरेको हो ।
वडामा रहेका ४ सय जनालाई राहत वितरण गर्ने तयारी रहेको वडा अध्यक्ष नुर महोमद मुसलमानले जनाएका छन् । सामाजिक दुरी कायम गरेर तथा सर्वदलिय बैठकको निर्णय अनुसार वितरण गरिएको उनले बताए । विपन्न परिवार राहत पाएपछी खुसी भएका छन् ।आज बहादुरजंञ्ज वितरण गरिएको छ भने भोलि दयानगर,पल्टा, गणेशपुर र लोहोरौलाका अति विपन्न परिवारलाई दिने बताए ।
लगाएतका गाउँमा वितरण गरीने अध्यक्ष मुसलमानले बताए । राहतमा चामल ३० किलो, ३ किलो दाल,चिनि २ किलो,तेल २ लिटर,नुन २ पोका,साबुन ३ सय ग्राम वितरण गरिएको हो । वडाले सार्वजनिक गरेका नाममा कसैको छुटेको भए नागरिकता लिएर वडा कार्यालयमा आउन आग्रह गरिएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


