आईजीपी बढुवाविरुद्धको रिटको आज सुनुवाइ
काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ।
गत जेठ ३० मा हेर्दाहेर्दैमा राखिएको रिटको पेशी आजका लागि तोकिएको हो। बैशाख १८ गतेको मन्त्रीपरिषद् बैठकले सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि असन्तुष्ट देखिएका एआईजी विश्व प्रकाश पोखरेलले सर्वोच्चतमा रिट दायर गरेका थिए।
सरकारले पहिलो वरीयतामा रहेका एआईजी पोखरेललाई महानिरीक्षक नबनाई तेस्रो वरीयतामा रहेका सिंहलाई आईजीपी बनाएपछि यो विवाद अदालतमा पुगेको हो। पोखरेलले आफूभन्दा कनिष्ठलाई आईजीपी नियुक्त गर्नु प्रहरी ऐनविपरीत भएको भन्दै रिट दायर गरेका हुन्।
कायम मुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा रिटमाथिको सुनुवाइ भइरहेको छ। ३० गते निवेदकका तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस गरेका थिए।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam