जनकपुरका उपमेयरमाथि मुक्का प्रहार
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका उपमेयरमाथि मुक्का प्रहार भएको छ।
जनकपुरधाम उपमहानगरपालिका-२३ लादोबेलास्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै ज्ञापनपत्र बुझाउन आएको समूहले उपमेयर किशोरी साहमाथि आक्रमण गरेको हो।
लादोबेलाका स्थानीय समाजसेवी एवम् दाताहरुले रामजानकी दुल्हा भगवान कुट्टीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा जग्गा केही समययता बेचबिखन हुन थालेकोले त्यसलाई रोक्न माग गर्दै आइतबार नगरप्रमुख मनोज साहलाई ज्ञापनपत्र बुझाउन पुगेका थिए।
मेयर साह कार्यालयमा नभेटेपछि उनीहरुले उपमेयर किशोरी साहलाई ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझेपछि उपप्रमुख साहले कार्यालय प्रांगणमा सम्बोधन गर्न सुरु गर्दा उनीमाथि आक्रमण भएको हो।
उपमेयर साहमाथि आक्रमण हुन थालेपछि प्रहरीले उनलाई सुरक्षा दिएर कार्यकक्षमा लगेका छन्।
ज्ञापन बुझेपछि उपप्रमुख साहले कार्यालय प्रांगणमा सम्बोधन गर्न सुरु गरेका थिए। त्यस क्रममा उनले आफूहरू कसैलाई उजाड बनाउन नभई बसाल्न आएको बताएका थिए।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam