पहिरोमा परी वेपता भएका दुई भारतीय नागरिकको शव फेला
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ मा पर्ने धानखोला स्थित खैरी खोलामा पहिरोले बगाउदा वेपत्ता भएका दुईजना भारतीय नागरिकको शव फेला परेको छ ।
प्युठानको स्वर्गद्धारीबाट दर्शन गरी लु २ ख २७१६ नम्बरको फोर्सबाट फर्किदै गर्दा फोर्स गाडीबाट झरेर खोला तर्नेक्रममा सोमवार बिहान साढे ७ बजेतिर पहिरोले बगाएको हो । भारतको बलरामपुर जिल्लाका १७ बर्षिय का निखिल कौशाल, १८ बर्षिय सुरज सोनीलाई पहिरोले बगाउदा वेपत्ता भएका थिए ।
विहान वेपता भएका दुवै जनाको दिउंसो शव फेला परेको वडा प्रहरी कार्यालय चन्द्रौटाले वताएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने खोलमा भारतीय नागरिकहरु फोर्सबाट झरेर आउदै गर्दा अचानक आएको पहिरोले बगाएको वडा प्रहरी कार्यालय चन्दैटाका प्रहरी निरिक्षक कपिल जंग शाहीले बताए ।
उनीहरुको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल तौलीहवा पठाउने तयारी भएको प्रहरीले जनाएको छ । झरीले गर्दा सो सडक खन्डमा ढेड घन्टा अवरुद्ध बनेको थियो । डोजर लगाएर अवरुद्ध बटो सुचारु गरिएको थियो ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam