खैरो हेरोइन सहित धनगढीबाट दुई युवक पक्राउ

कैलाली : लागुऔषध खैरो हेरोइनसहित धनगढीबाट दुई युवक पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका २ रामजानकी टोलका १९ वर्षीय दिपेन्द्र बहादुर मल्ल र सोही पालिकाको मिलन चोकस्थित ग्रीनलेण्ड प्लाजाका सञ्चालक २९ वर्षका चक्र सिंह पार्की सोमबार दिउँसो पक्राउ परेका हुन्।

गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा उनीहरुको साथबाट ९ ग्राम ३ सय मिलिग्राम खैरो हेरोइन र ४६ हजार ४५० रुपैँया बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार मल्लको घरबाट ५ ग्राम र पार्कीको प्लाजाबाट ४ ग्राम ३०० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो। घटना बारे थप अनुसन्धान भइरहेको छ।

रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
भदौ १४, २०८३

काठमाडौं : रसुवामा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली उद्धार कार्यलाई तिब्रता दिएको छ। सेनाको हवाई टोलीले…

TOP