देशमा परिवर्तन ल्याउन टङ्कप्रसादले छर्नुभएको पर्चाको योगदान महत्त्वपूर्ण छ : ओली
काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टङ्कप्रसाद आचार्यले तत्कालीन समयमा छर्नुभएको पर्चाले नेपालको राजनीतिक जागरण र परिवर्तनमा महत्त्वपूर्ण योगदान दिएको बताउनुभएको छ ।
टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आज बिहीवार आयोजना गरेको विसं १९९७ असार ९ गते राणा शासनविरुद्ध छरिएको पहिलो पर्चा र विसं २००८ असार ३ गते गठन भएको ‘जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपाल’ विषयक संवाद कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।
‘देशमा परिवर्तन ल्याउन टङ्कप्रसादले छर्नुभएको पर्चाको योगदान महत्त्वपूर्ण रहेको छ’, उहाँले भन्नुभयो । आचार्यले गठन गर्नुभएको नेपाल प्रजापरिषद् नेपाली धर्ती र नेपाली विचारबाट बनेको संस्था रहेकोसमेत उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले टङ्कप्रसाद आचार्यको विचार र सङ्गठनले विसं २००७ को क्रान्ति भएको धारणासमेत व्यक्त गर्नुभयो । ‘टङ्कप्रसाद आचार्यलाई २००७ सालको क्रान्ति लगत्तै देशको नेतृत्व दिइन्थ्यो भने उहाँले परिकल्पना गर्नुभएको देश बन्दथ्यो’, उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले उद्देश्यलाई जीवित राखेर कम्युनिस्ट पार्टीको नाम परिवर्तन गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘देश ठूलो हो, देशका लागि हामीले काम गर्ने हो, हाम्रा उद्देश्य समृद्ध नेपाल र सुखी नेपाली हुनुपर्दछ ।’
उहाँले प्रजापरिषद् नामेट पार्न एमालेमा गाँभेको नभइ उद्देश्यलाई अमर राख्नका लागि एकता गरिएको बताउनुभयो । ‘प्रजा परिषद्का उद्देश्य अमर रहेका छन् । ती बाँचिरहन्छन्’, उहाँले भन्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले टङ्कप्रसाद आचार्यले छर्नुभएको पर्चाले देशमा राजनीतिक जागरण आएको बताउनुभयो ।
टङ्कप्रसाद आचार्यले राणा शासनको विरोधमा विसं १९९७ असार ९ गते भोटो देखाउने जात्राका दिन चार वटा पर्चा छर्नुभएको थियो । त्यही दिनको सम्झनामा पर्चा दिवस मनाउने गरिन्छ । कार्यक्रममा अरविन्द रिमाल र डा. महेश्वर शर्मालाई जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपाल गठनमा पुर्याएको योगदान स्वरूप सम्मान गरिएको थियो ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam