प्रमुख प्रशासकीय अधिकृतसहित ३ जना विरुद्ध कराेडाैँ रुपैयाँ मागदाबीसहित भ्रष्टाचारको मुद्दा दायर
काठमाण्डाै – बाराको जितपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
राजश्व चुहावट गरी भ्रस्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाई, ओम सप्लायर्स कलैया ६ बाराका प्रोपाइटर ओम शंकर प्रसाद र उनको कम्पनी तथा न्यू पाथीभरा सप्लायर्स हेटौँडा ४ मकवानपुरका प्रोपाइटर मिराकुमारी श्रेष्ठ र श्रेष्ठको कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।
सेढाईविरुद्ध एक करोड बीस लाख अठ्ठाइस हजार नब्बे रुपैयाँ बिगो माग दाबी गरेको अख्तियारले विज्ञप्तिमार्फत जानकारी गराएको छ । न्यू पाथीभरा सप्लायर्स हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मकवानपुरका प्रोपाइटर मिराकुमारी श्रेष्ठ र श्रेष्ठको कम्पनी विरुद्ध एक करोड ६६ लाख बहत्तर हजार ६ सय रुपैयाँ माग दाबी गरिएको छ ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam