पार्टीको निर्णय लागू हुन्छ, मन्त्री छाड्न तयार छौं : खतिवडा

काठमाडौं : नेकपा एकीकृत समाजवादीका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्री पद छाड्न आफूहरु तयार रहेको बताएका छन्। 

पार्टीको पोलिटब्युरो बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री खतिवडाले पार्टीको निर्णय शतप्रतिशत लागू हुने बताए। 

राष्ट्रियसभाबाट बजेट पारित भएपछि तपाईंहरुले पद छाड्ने हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा खतिवडाले भने, ‘त्यो त स्वतः हो नि।’ बजेटका विषयमा जवाफ दिने बेलामा पार्टीले फिर्ता बोलाएको भन्दै समाजवादीका मन्त्रीहरुले असन्तुष्टि जनाएका थिए। 

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि मन्त्री हेरफेर गर्न आनाकानी गर्दै आएका छन्। 

TOP