रासस अध्यक्ष झाले गरे पदबहाली
काठमाडौँ– राष्ट्रिय समाचार समिति (रासस) का नवनियुक्त कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आफूले राससमा चुनौतीभन्दा अवसर धेरै देखेको बताएका छन्।
आइतबार रासस केन्द्रीय कार्यालयमा पदबहाली गर्दै उनले मुलुक संघीय संरचनामा गइसकेको र सञ्चार क्षेत्रमा आएको आमूल वृद्धि विकासलाई राससले अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए।
‘राससमा देशका सक्षम, योग्य र सम्बन्धित विषयका जानकार जनशक्ति हुनुहुन्छ, यस्तो अवस्थामा आगामी दिनमा सकारात्मक परिणाम आउने गरी काम गर्न सकिने विश्वास छ,’ अध्यक्ष झाले बताए।
उनले आफू राससमा ठूलो दायित्त्व बोध गरेर आएको उल्लेख गर्दै प्रभावकारी रूपमा काम गर्न समूहगत सहकार्यको खाँचो औंल्याए। राससकर्मीले कुनै पनि काम गर्दा सदैव यो संस्था जनताको करबाट सञ्चालन भएको हो भन्ने हेक्का राख्नुपर्ने उनको भनाइ छ।
कार्यक्रममा महाप्रबन्धक सिद्धराज राईले अध्यक्ष झालाई स्वागत गर्दै पत्रकारिता क्षेत्रका अनुभवी र वरिष्ठ पत्रकारलाई राससले नेतृत्वका रूपमा पाएकामा खुसी व्यक्त गरे।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam