विद्यालय गएका छात्र खोलामा मृत फेला
खोटाङ – खोटाङमा विद्यालय गएका एक छात्र चार दिनपछि खोलामा मृत भेटिएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका १३ वर्षीय छात्र रविन दाहाल स्थानीय अखम्कु खोलामा मृत भेटिएका प्रहरीले जनाएको छ ।
गएको ८ गते बिहान ९ बजे विद्यालय हिँडेका दाहाल हिजो खोलामा मृत भेटिएका हुन् । दाहाल कालीका माविमा कक्षा ९ मा अध्ययनरत थिए ।
विद्यालय गएका छात्र घर नफर्किएपछि खोजी भइरहेको थियो । धान रोप्नका लागि कुलो सफा गर्न गएका स्थानीयले दाहालको शव दहमा डुबिरहेको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam