बागमतीको बजेटमाथि छलफल सकियो, आज पास गर्ने तयारी
हेटौंडा : बागमती प्रदेशसभाको बैठकमा बिहीबार आगामी आर्थिक वर्षको बजेट पास गर्ने तयारी छ। प्रदेशसभामा आर्थिक विधेयकमाथि छलफल भई निर्णयार्थ पेश हुने र बजेट पास गर्ने तयारी गरिएको हो।
यसअघि बुधबार बागमती प्रदेशको आगामी आर्थिक वर्षको बजेट (विनियोजन विधेयक)माथिको छलफल सकिएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८\७९ को लागि ल्याएको बजेटको (विनियोजन विधेयक) माथिको छलफल बुधबार सकिएको हो। विषयगत मन्त्रालयको बजेटमाथिको छलफल सोमबार सुरु भएको थियो।
छलफलमा सत्तापक्षले सरकारले पाँच वर्षको अवधिमा सबैभन्दा राम्रो बजेट ल्याएको भन्दै स्वागत गरेका थिए। उनीहरुले सरकारले ल्याएको बजेट जनमुखी रहेको भन्दै बजेटको प्रशंसा समेत गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका प्रतिपक्षी दलले भने सरकारले चुनावलक्षित, परम्परागत शैलीमा, असन्तुलित बजेट ल्याएको भन्दै विरोध गरेका थिए। तीन दिन चलेको छलफलमा सत्तापक्ष–प्रतिपक्षबीच जुहारी चलेको थियो।
प्रतिपक्षले सरकारले ल्याएको बजेटको विरोध गर्दा सत्तापक्ष बचाउमा उत्रिएको थियो। सोमबार र मंगलबार प्रदेशको १४ वटा मन्त्रालय र प्रदेश सरकार मातहतको प्रादेशिक कार्यालयमाथि भएको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले बुधबार दिए। प्रदेशका मुख्यमन्त्रीसहित १४ मन्त्रीले प्रश्नको जवाफ दिएसँगै बजेट (विनियोजन विधेयक)माथिको छलफल सकिएको हो।
बुधबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट प्रगतीशील र जनमुखी भएको दाबी गरे । ‘विगतको सरकारले ल्याएको बजेटभन्दा हामीले ल्याएको बजेट प्रगतीशील र जनमुखी छ । हामीले नयाँ ढंगले बजेट ल्याएका छौ’, उनले भने ‘सबै क्षेत्र र समुदायलाई हाम्रो बजेटले समेटेको छ।’
मुख्यमन्त्री पाण्डेले विगतमा आएको बजेटले समेट्न नसकेको क्षेत्र र समुदायलाई पनि आफ्नो नेतृत्वमा आएको बजेटले समेटेको दाबी गरे। उनले वडा समाजवादी कार्यक्रम अहिले सुरुवातमा परीक्षणको रूपमा मात्रै सुरुवात गर्न लागेको भन्दै विरोध नगर्न सांसदलाई आग्रह गरे।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam