रौतहटमा नागरिकता र राहदानी लिनेको संख्या बढ्दो
रौतहट : जिल्ला प्रशासन कार्यालय रौतहटबाट नयाँ नागरिकता र राहदानी लिनेको संख्या बढेको छ। आर्थिक वर्ष २०७७।०७८ को तुलनामा चालु आर्थिक वर्ष २०७८।०७९ मा जिल्ला प्रशासन कार्यालय गौरबाट नागरिकता प्रमाणपत्र लिनेको संख्या करिब दोब्बरले बढेको हो।
पछिलो एक वर्षमा मात्र १९ हजार ५९ नेपाली नागरिकता प्रमाणपत्र वितरण गरिएको छ। आव २०७७।०७८ मा कुल १० हजार ४९७ जना नयाँ नागरिकता लिएकोमा आव २०७८।०७९ को असार १२ गतेसम्म १९ हजार ५९ जनाले नयाँ नेपाली नागरिकताको प्रमाणपत्र लिन सफल भएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले बताएका छन्। जिल्ला प्रशासन कार्यालय गौरको इतिहासमै अहिलेसम्म सबभन्दा बढी नागरिकता वितरण यो चालु आर्थिक वर्षमा गरिएको कायस्थले बताए।
कायस्थका अनुसार जिल्ला प्रशासन कार्यालय रौतहटबाट एकै दिन २ सय जनासम्मले नागरिकता लिएका छन्। अधिकांश समय जिल्ला बाहिर बसोवास गर्ने नागरिकले घर आएका वेला नागरिकता तथा राहदानीको काम गर्ने भएकाले प्रशासनमा भीडभाड हुनेगरेको उनले बताए।
राष्ट्रिय परिचयपत्र बनाउन पनि नागरिकता अनिवार्य भएका कारण नागरिकता बनाउनेको सङ्ख्या बढेको उनले बताए। त्यस्तै राहदानी लिनेको संख्या समेत ह्वातै बढेको देखिएको छ। पछिलो एक वर्षमा ५ हजार २५५ जनाले राहदानी लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
खासगरी वैदेशिक रोजगारीमा जानेले बढी राहदानी बनाउने गरेको पाइएको छ। कोरोनाका कारण बन्द भई दुई वर्षपछि मलेशिया रोजगारीका लागि खुला भएसँगै जिल्ला प्रशासन कार्यालय गौरमा पासपोर्ट बनाउन आउने युवाको संख्या बढेको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam