महोत्तरीबाट तीन नक्कली प्रहरी पक्राउ

महोत्तरी : जलेश्वर नगरपालिका–१२ सीमा क्षेत्रमा नेपाल–भारत आवतजावत गर्नेहरूसँग ‘प्रहरी निरीक्षक हौँ’ भन्दै पैसा असुल्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी निरीक्षक भएको भन्दै पैसा असुली गर्ने जलेश्वर–१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन पक्राउ परेका हुन्। 

प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार तीनै जनालाई बिहीबार साँझ जलेश्वर–१२ नैन्ही गाउँस्थित सीमानाकाबाट पैसा असुली गरिरहेको अवस्थामा प्रहरीचौकी नैन्ही र सशस्त्र प्रहरी बल नेपाल बीओपी जलेश्वरको टोलीले पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट पाँच हजार ८०० भारु बरामद गरेको छ। तीनैजनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। 

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP