सभामुख सापकोटा आज अजरबैजानबाट फर्किँदै
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा अजरबैजानमा आयोजित असंलग्न आन्दोलन संसदीय संञ्जालको सम्लेलनमा सहभागी भएर स्वदेश फर्किँदै छन्।
सभामुख सापकोटा आइतबार साँझ काठमाडौं आइपुग्ने संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए।
सभामुख सापकोटाले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्त्व र अभियानका पक्ष राष्ट्रका संसदहरूबीचको सहकार्य अभिवृद्धिबारेसम्बन्धमा नेपालको प्रतिनिधित्व गर्दै कार्यक्रलाई सम्बोधन गरेका थिए।
सम्बोधनका क्रममा सभामुख सापकोटाले असंलग्न आन्दोलनका साझा प्रयासबाट विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्न नेपालका तर्फबाट सहयोग र ऐक्यबद्धता व्यक्त गरेका थिए।
त्यहाँ रहँदा उनले अजरबैजानका सभामुख साहिबा गफारोवा र विभिन्न देशका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटघाट गरे। सभामुख सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन गत मंलगबार अजरबैजानको राजधानी बाकु गएको थियो।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam