हेलिकप्टरको रात्रि बिसान अब काठमाडौं बाहिर
काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर राति मोफसलका विमानस्थलमै विश्राम गर्नैपर्ने नियम सोमबारदेखि लागू गरेको छ।
प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान उडानचाप नियन्त्रण र हवाई सुरक्षा सुदृढीकरणका लागि भन्दै हेलिकप्टर कम्पनीलाई बेसमै जान निर्देशन दिएको हो।
नयाँ नियमअनुसार माउन्टेन एयरको एक, एयर डाइनेस्टीको एक, प्रभुका चार, सिम्रिकका दुई र श्री एयरका पाँचवटा हेलिकप्टरले भने रात्रि बिसानका लागि मोफसलका विमानस्थलमा जानुपर्नेछ।
अल्टिच्युड एयरका दुई, एयर डाइनेस्टीका तीन, हेली एभरेस्टका दुई, मनाङ एयरका दुई, कैलाश हेलिकप्टरका तीन, मुस्ताङ एयरको एक, फिस्टेलका तीन, प्रभु हेलिकप्टरका दुई, सिम्रिक एयरका तीन र श्री एयरका तीन हेलिकोप्टरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रि बिसान गर्न पाउने छन्।
यसअघि प्राधिकरणले आन्तरिकतर्फका जहाज पार्किङका लागि बाहिरका विमानस्थलमा जानुपर्ने नियम लागू गरिसकेको छ । नियम पूर्ण रूपमा पालनामा आएसँगै काठमाडौँ बाहिरका छवटा क्षेत्रीय विमानस्थलमा रात्रि बिसान हुँदै आएको छ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam