धनुषामा फेला पर्यो ८३ लाखको आलुको बोरा!
जनकपुरधाम : धनुषामा सशस्त्र प्रहरीले ८३ लाखको आलुको बोरा फेला पारेको छ।
धनुषाको जनक नन्दिनी गाउँपालिका वडा नम्बर १ इनर्वाबाट सशस्त्र प्रहरीले ज ७ प ५००७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा आलुको बोराभित्र ८३ लाख ६४ हजार ५ सय रूपैयाँ नगद बरामद गरेको हो।
सशस्त्रले फेला पारेको उक्त रकमको स्रोत नखुलेकाले सो नगदसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ५ बस्ने ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल रहेको सशस्त्रले जानकारी दियो।
उनीहरू दुवैजनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam