कोरोना सङ्क्रमण दर बढ्दै, सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय जना नाघ्यो

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय जना नाघेको छ ।

पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय एक जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । केही हप्ता लगातार बढिरहेको सङ्क्रमण दरका कारण सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढेको हो । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी तीन हजार एक सय १२ जनाको नमुना परीक्षण गरेकोमा झन्डै तीन प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै थप २० जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन । पछिल्लो २४ घण्टामा एक लाख ११ हजार पाँच सय ३१ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP