सुरहि खोलामा डुबेर वालकको मृत्यु
कपिलवस्तु । कपिलवस्तुको सुरहि खोलामा डुबेर एक वालकको मृत्यु भएको छ । शिवराज नगरपालिका २ बस्ने ८ वर्षीय सुसान्त रोकाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग शाहीले बताउनुभयो ।
मङ्गलवार(आज) साँझ पाँच बजे बहिनी र साथी सँगै गएका रोका पौडी खेल्ने क्रममा डुबेको बताइएको छ । उनकी बहिनीले स्थानीयहरूलाई दाइ डुबेको खबर गरेपछि गाउँले गएर खोजतलास गर्दा मृत अवस्था फेला परेका थिए ।
हल्लानगर नजिकै रहेको सुरहि पुल नजिकै उनी डुबेका हुन । रोकाको शवलाई पोस्टमार्टम लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यस भन्दा अघि पनि सोही स्थानमा पौडी खेल्ने क्रममा डुबेर तीन जना युवाहरूको मृत्यु भएको थियो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam