भुमिकास्थान नगरपालिकाले प्रवाह गरेका सेवा तथा विकासका काम प्रभावकारी
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले प्रवाह गरेका सेवा तथा विकासका कामबाट त्यहाका नागरिक सन्तुष्ट रहेको पाइएको छ । शैक्षिक तथा सामुदायिक परामर्श सेवा केन्द्र अर्घाखाँचीले आज आयोजना गरेको सार्वजनिक सुनुवाइमा प्रस्तुत गरिएको तथ्यांकले यस्तो देखाएको हो ।
चालू आर्थिक बर्षका तिनवटा चौमासिकमा नगरपालिकाका १० वटै वडामा गरिएको नागरिक सर्वेक्षणका ५१ वटा प्रश्नको जवाफमा सहभागी नागरिकको धारणा अनुसार ७० प्रतिशत भन्दा बढी नागरिक भुमिकास्थानको समग्र सेवा प्रवाहमा सन्तुष्ट रहेको पाइएको कार्यक्रमका सहजकर्ता सुरज सारुले बताउनुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै भुमिकास्थान नगर प्रमुख झविलाल थापाले नगरलाई समृद्ध बनाउन सबैले आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्ने बताउनुभयो ।
काम गर्दा भुलबस हुने कमजोरीलाई सच्याउन सकिनेभन्दै नगरप्रमुख थापाले नियतबस गल्ती नगर्न आग्रह गर्नुभएको छ । यस्तै नगर उप-प्रमुख बालकृष्ण बन्जाडेले भुमिकास्थानमा सिमित स्रोतले असीमित काम गर्नुपर्ने बाध्यता रहेको जनाउँदै नगर विकासमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ ।
धर्मराज भुसालको संचालन र दोर्ण प्रसाद भुसालको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा उठेका सवालको प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउतले जवाफ दिनुभएको थियो । हलमा उठेका जिज्ञासाको जवाफ दिदै राउतले नगरसङ्ग सरोकार राख्ने कार्यक्रममा सेवाग्राहिको सहभागिता कमि भएको स्वीकार गर्नुभएको छ ।
हरेक कार्यक्रममा नागरिक सहभागिता बढाउन सचेतना मुलक कार्यक्रम संचालन गर्ने बताउनुभएको छ । सेवा प्रवाहमा छरितो बनाउन नगर कार्यालयको भौतिक विकास स्तरीय बनाउनुपर्ने बताउनुभएको छ । शुसासन ऐन वा कार्यबिधी बनाएर भ्रष्टाचार न्यूनीकरण गर्ने उहाँको प्रतिबद्धता छ ।
नगरपालिकामा क्रियाशिल राजनीतिक दलका प्रतिनिधि,१० वटै वडाका अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,कर्मचारी तथा पत्रकारको उपस्थितिमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष खगिश्वर पन्थी,राजमो नेता चेतनारायण गैरे,पत्रकार महासङ्घ अर्घाखाँचीका सह-सचीव हृदय कुमार भुसाल लगायतले पनि आफ्नो धारणा राख्नुभएको रेडियो अर्घाखाँचीका स्टेशन म्यानेजर गोपालप्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam