माओवादीले आज पदाधिकारीको टुंगो लगाउने
काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ।
मंगलबार र हिजो स्थगित बैठक आज बिहान ११ बस्न लागेको हो। पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो सदस्य चयनका लागि गृहकार्य गर्ने भनेर मंगलबार स्थगित भएको बैठक हिजो संसदमा सहभागी हुनु पर्ने भन्दै स्थगित गरिएको थियो।
पदाधिकारी चयनका लागि पूर्व स्थायी समितिको बैठक हिजो पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको थियो। पदाधिकारी,स्थायी र पोलिटब्युरो सदस्यको अन्तिम नामावली प्रस्ताव गर्न अध्यक्षलाई जिम्मेवारी दिइएको छ।
प्रचण्डले आजको बैठकमा १ सय २५ सदस्यीय पोलिटब्युरो, ४१ सदस्यीय स्थायी कमिटी र पदाधिकारीहरूको नाम प्रस्ताव गर्ने पार्टीका पूर्व स्थायी कमिटी सदस्य दिनानाथ शर्माले जानकारी दिए। बैठकमा अध्यक्षले प्रस्ताव गरेको नाममा सहमति नभए निर्वाचन प्रक्रियाबाट भए पनि टुंग्याइने उनको भनाइ छ।
गत पुसमा महाधिवेशन गरेको माओवादीले ६ महिना हुँदा पनि पदाधिकारीसहित स्थायी कमिटी र पोलिट्ब्युरो गठन गर्न सकेको छैन्।
केन्द्रीय कमिटी बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रित रही केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम पनि छ। माओवादीको केन्द्रीय कमिटी बैठक आइतबारदेखि काठमाडौंमा जारी छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam