पहिलो टी–२० मा इंग्ल्याण्डमाथि भारतको प्रभावशाली जित
एजेन्सी । इंग्ल्याण्डसँग भएको पहिलो टी–२० मा भारतले शानदार जित निकालेको छ। तीन खेलको टी–२० सिरिजको पहिलो खेलमा भारतले ५० रनको जित निकाल्दै सिरिजमा १–० को अग्रता बनाएको छ।
भारतले इंग्लिस भुमिमा रनको हिसाबले निकालेको यो सर्वाधिक ठूलो जित हो। यसअघि इंग्ल्याण्डमा २००९ को विश्वकपमा भारतले बंगलादेशलाई २५ रनले हराउनु सर्वाधिक फराकिलो रनको जितका रूपमा रहेको थियो।
खेलमा भारतले पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १९८ रन बनाएको थियो। १९९ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड १९.३ ओभरमा अलआउट हुँदे १४८ रनमा समेटियो। भारतका लागि सर्वाधिक धेरै विकेट हार्दिक पाण्ड्याको नाममा रह्यो। उनले ३३ रन दिएर ४ विकेट लिए। साथै उनले ब्याटिङमार्फत पनि ५१ रन बनाएका थिए। उनी भारतका लागि एकै खेलमा अर्धशतक बनाएर ४ विकेट लिने पहिलो खेलाडी समेत बने। उनी भारतका लागि सर्वाधिक रन बनाउने खेलाडी समेत बने। उनी म्यान अफ द म्याच घोषित भए।
भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ३९ रन बनाउँदा रोहित शर्माले २४ तथा दिपक हुडाले ३३ रन बनाए। त्यस्तै अक्षर पटेलले १७ रन बनाउँदा दिनेकक कार्थिकले ११ रन बनाएका थिए। इंग्ल्याण्डका लागि क्रिस जोर्डन र मोइन अलीले समान २–२ विकेट लिए।
जवाफमा खराब सुरुवात गरेको इंग्ल्याण्डका कुनै पनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्। उसका लागि मोइन अलीको ३६ रन सर्वाधिक रह्यो। त्यस्तै ह्यारी ब्रुकले २८ रन बनाउँदा क्रिस जोर्डन २६ रनमा अविजित रहेका थिए। भारतका लागि हार्दिकको ४ विकेटसँगै अर्सदिप सिंह र युजेन्द्र चाहलले समान २–२ विकेट लिए।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam