काठमाण्डाै – आज चार वटा प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईले बताउनु भयो । उहाँका अनुसार कास्की, लमजुङ, पर्वत, गुल्मी, पाल्पा, दाङ, तनहुँ, रुकुमलगायतका ठाउँमा हल्का वर्षा भइरहेको छ । दिउँसो पनि यी चार वटा प्रदेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना छ ।
मनसुन सक्रिय भएको केही दिनपछि ठूलो पानी परेको भएपछि अहिले यो क्रम बिस्तारै कम भएको मौसमविद्ले बताएका छन् । आज प्रदेश-१, मधेस र वाग्मतीमा भने आंशिकदेखि सामान्य बद्ली रही सामान्यतया मौसम सफा रहने अनुमान छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam